काठमाडौं। ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गएराति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरेका छन्।
सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए। यद्यपी समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। १४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।
जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरुको खेल प्रदर्शन निराशाजनक रह्यो। जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिए। यस्तै चाडविक वाल्टनले १० रन जोडे। बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीनतीन तथा केसरिक विलियम्सले एक विकेट लिए।
यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोस्टोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाए।
बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिए। सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए।
हालसम्मको १० खेलमा सन्दीपले १२ विकेट लिएका छन्। यस्तै जमैकाका लागि सेन्ट लुसियासितको खेलमा मुजिव उर रहमानले २, फिडेल इडवार्ड, भिरासम्मी प्रेमउल, कार्लोस ब्रेथवाइटले एक/एक विकेट लिए।
जमैकाले अब सेमिफाइनल खेल मंगलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ। रासस
" /> काठमाडौं। ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गएराति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरेका छन्।सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए। यद्यपी समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ।

">