काठमाडौं। जर्मनीले यईएफए नेशन्स लिगमा जितका लागि अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। जर्मनीले आइतबार राति दोस्रो खेलमा स्वीट्जरल्यान्डसँग १-१ को बराबरी खेलेपछि जितका लागि थप कुर्नुपर्ने भएको हो।
जर्मनीले सुरूमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। १४औं मिनेटमा म्यानचेस्टर सिटीका मिडफिल्डर इलके गुन्डोगनले गरेको गोलमा जर्मनीले अग्रता लिएको थियो। गुन्डोगनले म्याथिज जिन्टरको पासमा गोल गरेका थिए।
५८औं मिनेटमा सिल्भान विडमेरले बराबरी गोल फर्काए। विडमेरले ब्रील इम्बोलोको पासमा बराबरी गोल फर्काएका थिए।
२०१८ यता जर्मनीले युईएफए नेशन्स लिगको दुई संस्करणमा ६ खेल खेलेको छ। त्यसमध्ये जर्मनीले कुनै खेल जित्न सकेको छैन। पछिल्लो चार खेलमा त जर्मनीले अग्रता लिएर पनि विजय हासिल गर्न सकेन।
बराबरीसँगै जर्मनी युईएफए नेशन्स लिगमा समूह ४ को तेस्रो स्थानमा छ। समूहको पहिलो खेलमा पनि जर्मनीले स्पेनसँग १-१ को बराबरी खेलेको थियो। जर्मनीको दुई अंक छ।
युक्रेनमाथि ४-० को नतिजा निकालेको स्पेन शीर्ष स्थानमा छ। युक्रेन तीन अंकका साथ दोस्रो स्थानमा छ। स्वीट्जरल्यान्डको एक अंक छ।
" /> काठमाडौं। जर्मनीले यईएफए नेशन्स लिगमा जितका लागि अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। जर्मनीले आइतबार राति दोस्रो खेलमा स्वीट्जरल्यान्डसँग १-१ को बराबरी खेलेपछि जितका लागि थप कुर्नुपर्ने भएको हो।जर्मनीले सुरूमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। १४औं मिनेटमा म्यानचेस्टर सिटीका मिडफिल्डर इलके गुन्डोगनले गरेको गोलमा जर्मनीले अग्रता लिएको थियो। गुन्डोगनले म्याथिज जिन्टरको पासमा गोल गरेका थिए।

">