काठमाडौं। युएस ओपनमा सातौं वरियताप्राप्त म्याडिसन किज चोटका कारण तेस्रो चरणबाट बाहिरिएकी छिन्। अमेरिकाकी किज फ्रान्सकी एलिज कोर्नेटविरुद्धको खेलमा घाइते भएकी हुन्।
पहिलो सेट ७-६(७/४) ले गुमाएकी किज दोस्रो सेटमा पनि ३-२ ले पछि परेकी थिइन्। त्यही अवस्थामा उनी घाइते भएकी हुन्। पहिलो सेट सकिएपछि नै किजको कुममा चोट लागेको थियो। समान्य उपचारपछि कोर्टमा फर्किएकी किज दोस्रो सेटको बीचमै खेल छाड्न बाध्य भएकी थिइन्।
कोर्नेट अब क्वार्टरफाइनल प्रवेशका लागि बुल्गेरियाकी सेभेटाना पिरोनकोभासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोनकोभाले क्रोएसियाकी डोना भेकिचलाई सोझो सेटमा हराउँदै चौथो चरणमा स्थान बनाएकी थिइन्। उनले ६-४, ६-१ को सेटमा विजय हासिल गरेकी थिइन्।

त्यस्तै दोस्रो वरियाताप्राप्त अमेरिकाकी सोफिया केनिनले ट्युनेसियाकी ओन्स जाबेउरलाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाइन्। केनिनले पहिलो सेटमा संघर्ष गरे पनि दोस्रो सेटमा सहज विजय हासिल गरेकी थिइन्। उनले ७-६(७/४), ६-३ को सेटमा विजय हासिल गरेकी थिइन्।
केनिनले अब बेल्जियमकी इलिज मार्टेन्ससँग प्रतिस्पर्धा गर्नेछिन्। १६औं वरियाता प्राप्त मार्टेन्सले अमेरिकाकी क्याथरिन म्याक्नेलीलाई ७-५, ६-१ को सेटमा पराजित गरेकी हुन्।
पूर्व नम्बर एक भिक्टोरिया अजरेन्काले पनि अन्तिम १६ मा स्थान बनाएकी छिन्। २०१२ र २०१३ को अस्ट्रेलियन ओपन विजेता अजरेन्काले पोल्यान्डकी इगा स्विटेकलाई ६-४, ६-२ को सेटमा पराजित गरेकी हुन्।
उनले अब २०औं वरियाताकी क्यारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्नेछिन्। चेक गणतन्त्रकी मुचोभाले सोराना सिर्सिआलाई ६-३, २-६, ७-६(९/७) को सेटमा पराजित गरेकी थिइन्।
" /> काठमाडौं। युएस ओपनमा सातौं वरियताप्राप्त म्याडिसन किज चोटका कारण तेस्रो चरणबाट बाहिरिएकी छिन्। अमेरिकाकी किज फ्रान्सकी एलिज कोर्नेटविरुद्धको खेलमा घाइते भएकी हुन्।पहिलो सेट ७-६(७/४) ले गुमाएकी किज दोस्रो सेटमा पनि ३-२ ले पछि परेकी थिइन्। त्यही अवस्थामा उनी घाइते भएकी हुन्। पहिलो सेट सकिएपछि नै किजको कुममा चोट लागेको थियो। समान्य उपचारपछि कोर्टमा फर्किएकी किज दोस्रो सेटको बीचमै खेल छाड्न बाध्य भएकी थिइन्।

">