काठमाडौं। कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले उत्कृष्ट पुनरागमन गर्दै युएस ओपनको अन्तिम १६ मा स्थान बनाउन सफल भएकी छिन्।
आर्थर एशे रंगशालामा सेरेना स्लोने स्टीफन्ससँग पहिलो सेटमा पराजित भएकी थिइन्। पहिलो सेटमा ६-२ ले हारेकी सेरेनाले बाँकी सेटमा भने सहज विजय हासिल गरेकी थिइन्। अमेरिकाकी सेरेनाले बाँकी सेट ६-२, ६-२ ले जितेकी थिइन्।
३३ वर्षीया सेरेनाले अब क्वार्टरफाइनल प्रवेशका लागि ग्रिसकी मारिया साकारीसँग प्रतिस्पर्धा गर्नेछिन्। १५औं वरियता प्राप्त साकारीले अमेरिकाकी अमान्डा एनिसिमोभालाई हराएकी थिइन्।
साकारीले २२औं वरियताकी एनिसिमोभालाई ६-३, ६-१ को सोझो सेटमा हराएकी थिइन्। १५औं वरियताकी साकारीलाई जित्न ५५ मिनेटमात्र लागेको थियो।
तेस्रो वरियता प्राप्त सेरेनाले २३ ग्राण्ड स्लाममध्ये ६ वटा न्युयोर्कमै जितेकी थिइन्।
" /> काठमाडौं। कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले उत्कृष्ट पुनरागमन गर्दै युएस ओपनको अन्तिम १६ मा स्थान बनाउन सफल भएकी छिन्।आर्थर एशे रंगशालामा सेरेना स्लोने स्टीफन्ससँग पहिलो सेटमा पराजित भएकी थिइन्। पहिलो सेटमा ६-२ ले हारेकी सेरेनाले बाँकी सेटमा भने सहज विजय हासिल गरेकी थिइन्। अमेरिकाकी सेरेनाले बाँकी सेट ६-२, ६-२ ले जितेकी थिइन्।

">