काठमाडौं। जसोन डेनायर र द्रिइस मार्टेन्सले गरेको गोलमा बेल्जियमले शनिबार राति डेनमार्कलाई २-० ले हराउँदै युईएफए नेसन्स लिग ‘ए’ मा विजयी सुरूआत गरेको छ।
लियोनका रक्षक डेनायरले दशौं मिनेटमा बेल्जियमलाई अग्रता दिएका थिए। डेनायरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। मार्टेन्सको कर्नरलाई डेनायरले ६ यार्ड बक्सभित्रबाट बायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए।
मार्टेन्सले खेल सकिन १४ मिनेट बाँकी हुँदा अग्रता दोब्बर बनाएका थिए। थोर्गान हाजार्डको पासमा लुकाकुले हानेको प्रहार डेनमार्कका गोलकिपर कास्पर स्मीचेलले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई मान्र्टेन्सले पोष्टको दिशा दिएका थिए।
जितसँगै तीन अंक जोडेको बेल्जियम युईएफए नेसन्स लिग ‘ए’ मा समूह २ को शीर्ष स्थानमा छ। समान तीन अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ। इङ्ल्यान्डले आइसल्यान्डलाई १-० ले पराजित गरेको थियो।
समूह २ मा बेल्जियमले अब मंगलबार आइसल्यान्डविरुद्ध खेल्नेछ भने इङ्ल्यान्डले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। जसोन डेनायर र द्रिइस मार्टेन्सले गरेको गोलमा बेल्जियमले शनिबार राति डेनमार्कलाई २-० ले हराउँदै युईएफए नेसन्स लिग ‘ए’ मा विजयी सुरूआत गरेको छ।लियोनका रक्षक डेनायरले दशौं मिनेटमा बेल्जियमलाई अग्रता दिएका थिए। डेनायरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। मार्टेन्सको कर्नरलाई डेनायरले ६ यार्ड बक्सभित्रबाट बायाँ खुट्टाले पोष्टको दिशा दिएका थिए।

">