प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडोमा नुवाकोट च्याम्पियन <p>काठमाडाैं। नेपाल मार्सल&nbsp;आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्सल आर्ट्स&nbsp;हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक&nbsp;टोली च्याम्पियन भएको छ।</p> <p>शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडी-&nbsp;समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण जिते। प्रतियोगितामा दाङको टोली दोस्रो तथा कास्की तेस्रो भयो।</p> <p>दाङका चेतन वली र गोपाल बि.के., कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जितेका थिए।&nbsp;प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दस हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए।</p> <p>यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँच हजार प्राप्त गरेको उनले जानकारी दिए। सहभागी सबै खेलाडीहरुले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्