काठमाडौं। झन्डै तीन घन्टा ढिला गरी शुरू भएको खेलमा पाँचौं वरियताप्राप्त जर्मनीका एलेक्जेन्डर जेभेरेभले एड्रियन मन्नारिनोलाई ३-१ को सेटमा हराउँदै युएस ओपनको चौथो चरणमा स्थान बनाएका छन्।
बोनोइट पाइरे कोरोना भारइस संक्रमित भएपछि मन्नारिनोसहित सात खेलाडीलाई थप स्वास्थ्य सुरक्षा निगरानीमा राखिएको थियो। खेल्न दिने कि नदिने भन्ने अन्योलका कारण खेल निर्धारित समयभन्दा दुई घन्टा ४५ मिनेट ढिला गरी शुरू भएको थियो।
अन्ततः न्युयोर्क सिटीका अधिकारीहरूले मन्नारिनोलाई खेल्न दिने निर्णय गरेको थियो। तर, मन्नारिनो जेभेरेभसँग ७-६ (७/४), ४-६, २-६, २-६ को सेटमा पराजित भए।
‘‘जुन अवस्था सिर्जना भएको थियो, त्यसबाट म डराएको थिएँ। के गर्ने के नगर्ने केही सोच्न सकेको थिइनँ,’’ मन्नारिनोले भने, ‘‘कोर्टमा जानुअघि खेलमा केन्द्रित हुनुपर्ने तर म यत्तिकै सोफामा पल्टेर बसेको थिएँ।’’
लुइस आर्मस्ट्रङ रंगशालामा ३२औं वरियताका मन्नारिनोमाथि विजय हासिल गर्नका लागि जेभेरेभलाई दुई घण्टा ५२ मिनेट समय लागेको थियो।
‘‘हाम्रो खेल हुने सम्भावना एकदम कम देखेको थिएँ,’’ जेभेरेभले भने, ‘‘खेल सम्भव भएको म खुशी छु। तर शुरूमा मैले लय समाउन सकिनँ।’’
प्रतियोगिताबाट बाहिरिए पनि मन्नारिनो घर जान भने नपाउने भएका छन्। उनी न्यूयोर्कमै होटलको कोठामा एक हप्ता क्वारेन्टिनमा बस्नु पर्नेछ।
जेभेरेभले भने अब क्वार्टरफाइनल प्रवेशका लागि स्पेनका अलेजेन्ड्रो डेभिडोविच फोकिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। फोकिनाले बेलायतका क्यमरोन नोरीलाई ७-६ (७/२), ४-६, ६-२, ६-१ को सेटमा हराएका थिए।
सातौं वरियताप्राप्त बेल्जियमका डेबिड गोफिनले सर्वियाका फिलिप क्रजिनोभिचलाई ६-१, ७-६ (७/५), ६-४ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाए। गोफिनले अब डेनिस शापोभालोबविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। शापोभालोबले टेलर फ्रिट्जलाई ३-६, ६-३, ४-६, ७-६(७/५), ६-२ को सेटमा हराएका थिए।
" /> काठमाडौं। झन्डै तीन घन्टा ढिला गरी शुरू भएको खेलमा पाँचौं वरियताप्राप्त जर्मनीका एलेक्जेन्डर जेभेरेभले एड्रियन मन्नारिनोलाई ३-१ को सेटमा हराउँदै युएस ओपनको चौथो चरणमा स्थान बनाएका छन्।बोनोइट पाइरे कोरोना भारइस संक्रमित भएपछि मन्नारिनोसहित सात खेलाडीलाई थप स्वास्थ्य सुरक्षा निगरानीमा राखिएको थियो। खेल्न दिने कि नदिने भन्ने अन्योलका कारण खेल निर्धारित समयभन्दा दुई घन्टा ४५ मिनेट ढिला गरी शुरू भएको थियो।

">