काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच जान लेनार्ड स्ट्रफमाथि सहज विजय हासिल गर्दै युएस ओपनको अन्तिम १६ स्थान बनाएका छन्।
३३ वर्षीय सर्वियाका जोकोभिचले अर्थर एशे रंगशालामा जर्मनीका २८औं वरियाताप्राप्त लेनार्ड स्ट्रफलाई ६-३, ६-३, ६-१ को सेटमा हराएका हुन्।
१८औं ग्राण्ड स्लामको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिच २०२० मा अपराजित रहेका छन्। जोकोभिचले अब स्पेनका २०औं वरियाताप्राप्त पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्।
‘‘आज धेरै राम्रो खेल्न सफल भएँ। उनको सर्भिसलाई रोक्न सफल भएँ,’’ जोकोभिचले भने, ‘‘दोस्रो र तेस्रो सेटमा मैले राम्रो महसुस गरेको थिएँ।’’
जोकोभिचको चौथो चरणका प्रतिद्वन्द्वी कारेनो बुस्टाले पनि लिथुनियाका रिकार्डस बेरानकिसलाई सोझो सेटमा हराउँदै चौथो चरणमा स्थान बनाएका हुन्। कारेनो बुस्टाले बेनानकिसलाई ६-४, ६-३, ६-२ को सेटमा हराएका थिए।
" /> काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच जान लेनार्ड स्ट्रफमाथि सहज विजय हासिल गर्दै युएस ओपनको अन्तिम १६ स्थान बनाएका छन्।३३ वर्षीय सर्वियाका जोकोभिचले अर्थर एशे रंगशालामा जर्मनीका २८औं वरियाताप्राप्त लेनार्ड स्ट्रफलाई ६-३, ६-३, ६-१ को सेटमा हराएका हुन्।

">