छोड्न चाहेको १० दिनपछि मेसीले भने- म बार्सिलोनामै बस्छु

बीबीसी। बार्सिलोनाका कप्तान तथा सर्वकालिन सर्वाधिक गोलकर्ता लियोनेल मेसीले क्लब छाड्न चाहेको बताएको १० दिनपछि आफू त्यहीँ बस्ने बताएका छन्।

अर्जेन्टिनका ३३ वर्षीय फरवार्ड मेसीले गत मंगलबार आफ्नो सम्झौतामा भएको सितैमा क्लब छोड्न पाउने क्लजको प्रयोग गर्न चाहेका थिए।

तर, बार्सिलोना र ला लिगाले यदि उनले क्लब छोड्न चाहे ६२४ मिलियन पाउन्डको रिलिज क्लज तिरे मात्र छोड्न सक्ने बताएका थिए।

“म सितैमा छोड्न पाउँछु भन्नेमा विश्वस्त थिएँ,” मेसीले गोलसँग भने “मलाई सँधै अध्यक्षले सिजनको समाप्तीमा निर्णय लिन सक्ने बताउँदै आएका थिए। तर, अहिले उनीहरू जुन १० अगाडिको कुरा गरिरहेका छन्। तर, त्यतिबेला हामी ला लिगाको उपाधिका लागि भिडिरहेका थियाौं र मैले भनिँन। तर, अब त्यो समय गइसक्यो र म छोड्न सक्दिन।”

“र, यसै कारण म बार्सिलोनामै निरन्तरता दिन चाहन्छु,” मेसीले भनेका छन्, “किनकी मलाई अध्यक्षले मैले क्लब छोड्न सक्ने एउटा मात्रै सम्भावना भनेको ७०० मिलियन पाउन्ड तिर्नुपर्ने बताएका छन्। जुन कुरा असम्भव छ। ”

प्रतिक्रिया दिनुहोस्