बुन्डेसलिगाको नयाँ सिजनमा पनि पाँच खेलाडी परिवर्तन गर्न पाइने
एजेन्सी। जर्मनीमा फुटबलका नयाँ सिजनमा पनि क्लबहरुले पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमलाई निरन्तरता दिने भएको छ।

जर्मनीमा शीर्ष दुई श्रेणीको लिगका ३६ क्लब पाँच खेलाडी परिवर्तन गर्न पाउनुपर्ने पक्षमा उभिएका थिए। कोभिड–१९ का कारण रोकिएको लिग पुन: सुरु हुँदा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाइएको थियो।

इङ्लिस प्रिमियर लिगमा नयाँ सिजन तीन खेलाडीमात्र परिवर्तन गर्न पाउनुपर्ने पक्षमा उभिएको छ। तथापी जर्मनीका क्लबहरु भने पाँच खेलाडी नै परिवर्तन गर्न पाउनुपर्ने पक्षमा उभिएका हुन्।

फिफा र नियम बनाउने प्यानल आईएफएबीले गत मेमा खेल तालिका परिवर्तन गर्दा धेरै खेल खेल्नुपर्ने भएका कारण खेलाडी थाक्न सक्ने हुनाले पाँच खेलाडी परिवर्तन गर्न स्वीकृति दिएको थियो।

यो नियम २०२१ जुलाईसम्म लागू हुने बताइएको थियो। अन्तर्राष्ट्रिय खेलमा अगष्ट २०२१ सम्म लागू हुनेछ।

यसअघि सुरु भएको फ्रेन्च लिग वानमा पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम कायम राखिएको छ। स्पेनिस ला लिगाले भने यसबारे केही निणर्य गरेको छैन।

बुन्डेसलिगामा खेलअघि कोभिड–१९ परिक्षण गर्नुपर्ने नियम नयाँ सिजनमा पनि कायमै छ। तथापी रंगशालामा दर्शक प्रवेश पाउने अपेक्षामा क्बलहरु रहेका छन्।

आरबी लाइपजिगले बुन्डेसलिगाको पहिलो घरेलु खेलमा आठ हजार ५०० दर्शक उपस्थित हुन अपेक्षा गरेको छ। लाइपजिगले २० सेप्टेम्बरमा खेल्नेछ। अन्य क्लबले पनि थोरै दर्शकको उपस्थितमा खेल्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्