काठमाडौं। किफर मोरले अन्तिम समयमा गरेको गोलमा वेल्सले गएराति युईएफए नेशन्स लिग ‘बी’ को समूह ४ मा फिनल्यान्डलाई १-० ले पराजित गर्यो।
केही सिनियर खेलाडी अनुपस्थित रहेकाले वेल्सले युवा टीम खेलाएको थियो। वेल्सले शुरूमै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्। खेल सकिन १० मिनेट बाँकी रहँदा मोरले गरेको गोल वेल्सका लागि निर्णायक बन्यो। मोरले ड्यानियल जेम्सको क्रसलाई ६ यार्ड बक्सबाट पोष्टको दिएका थिए।
फिनल्यान्डले दोस्रो हाफमा अग्रता लिने राम्रो मौका खेर फालेको थियो। लियो वैसानेनको भली थोरैले बाहिरिएको थियो। जितसँगै रायन गिग्सको टीम तीन अंकका साथ शीर्ष स्थानमा छ। समान एक एक अंक जोडेको बुल्गेरिया र आयरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
बुल्गेरिया र आयरल्यान्डले १-१ को बराबरी खेले। बुल्गेरियाले ५६औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउनु पर्यो।
बोजहिदर क्राइबको गोलमा बुल्गेरियाले अग्रता लिएको थियो। आयरल्यान्डले पाँच मिनेटको इन्जुरी समय सकिन दुई मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएको थियो। आयरल्यान्डका लागि शान डुफेले गोल गरेका थिए।
" /> काठमाडौं। किफर मोरले अन्तिम समयमा गरेको गोलमा वेल्सले गएराति युईएफए नेशन्स लिग ‘बी’ को समूह ४ मा फिनल्यान्डलाई १-० ले पराजित गर्यो।केही सिनियर खेलाडी अनुपस्थित रहेकाले वेल्सले युवा टीम खेलाएको थियो। वेल्सले शुरूमै गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्। खेल सकिन १० मिनेट बाँकी रहँदा मोरले गरेको गोल वेल्सका लागि निर्णायक बन्यो। मोरले ड्यानियल जेम्सको क्रसलाई ६ यार्ड बक्सबाट पोष्टको दिएका थिए।

">