प्रिमियर लिगले रद्द गर्यो चीनियाँ कम्पनीसँगको ५६ करोड ४० लाख पाउण्डको सम्झाैता

काठमाडौं। इङ्लिस प्रिमियर लिगले बिहीबार चीनियाँ कम्पनीसँग भएको ५६ करोड ४० लाख पाउण्डको टेलिभिजन ब्रोडकाष्ट सम्झौता रद्द गरेको छ।

प्रिमियर लिगको चीन सबभन्दा ठुलो आकर्षक टेलिभिजन प्रशारण अधिकार क्षेत्र हो। २०१९ मा प्रिमियर लिग र चीनियाँ कम्पनीबीच तीन वर्षका लागि सम्झैता भएको थियो।

सम्झौता रद्द हुनमा राजनीतिक भन्दा आर्थिक कारण प्रमुख रहेको जनाइएको छ। बीबीसीकाअनुसार प्रशारण अधिकारप्राप्त कम्पनी पीपीटिभीले पछिल्लो पटक मार्चमा १६ करोड पाउण्ड रकम बुझाएको थियो।

‘‘चीनियाँ क्षेत्रमा प्रिमियर लिग प्रशारणका लागि दिइएको इजाजत सम्झैता आजैको मितीबाट समाप्त गरिएको छ,’’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘‘प्रिमियर लिग यस विषयमा थप टिप्पणी गर्न चाहदैन।’’

पीपीटिभीको स्वामित्व सनिङ होल्डिङ्ससँग रहेको छ। चीनियाँ समूहको यस कम्पनीले इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानको पनि स्वमित्व लिएको छ।

प्रतिक्रिया दिनुहोस्