३८ रेफ्री जर्जको कोरोना बीमा

काठमाडौं। पूर्व बक्सर ओमनारायण श्रेष्ठले ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमा गरिदिएका छन्।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले आफ्नै खर्चमा रेफ्री जर्जको एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन्।

श्रेष्ठले आईबा अन्तर्राष्ट्रिय रेफ्री जर्ज रामचन्द्र थापामगर, तारामान श्रेष्ठ, राजन प्रजापतिलगायत ३८ जनाको कोरोना बीमा गरिदिएका हुन्।

जसमा १६ जना अन्तर्राष्ट्रिय रेफ्री जर्ज र २२ जना राष्ट्रिय जर्ज रहेका छन्। पूर्वबक्सर श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमाको पोलिसी आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रामचन्द्र थापा मगर र राष्ट्रिय रेफ्री जर्जको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे।

श्रेष्ठले यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको पनि एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्