काठमाडौं। सामान्य परिस्थिति हुन्थ्यो भने कारोलिना प्लिसकोभा यूएस ओपन टेनिस प्रतियोगितामा नम्बर एक हुन्थिनन्। र, उनी दोस्रो चरणबाटै बाहिरिए पनि कसैले याद गर्दैनथे। र, त्यो ठूलो समाचार पनि हुँदैनथ्यो।
तर, २०२० सामान्य रहेन। महिलातर्फ शीर्ष वरीयताका खेलाडीले कोभिड-१९ महामारीका कारण प्रतियोगितामा भाग लिएनन्।
त्यसकारण तेस्रो वरीयताकी प्लिसकोभा शीर्ष वरीयताकी भइन्। तर, उनी तेस्रो दिनमै प्रतियोगिताबाट बाहिरिन्।
२०१६ को यूएस ओपन उपविजेता प्लिसकोभा पहिलो सेटमै ६-१ को पराजित भइन्।
५०औं वरीयताप्राप्त क्यारोलिन गार्सियासँग प्लिसकोभाले दोस्रो सटेमा संषर्घ गरे पनि विजय हासिल गर्न सकिनन्। उनी ७-६(७/२) ले पराजित भइन्।
पराजित भएपछि आवेगलाई रोक्न नसकेकी प्लिसकोभाले र्याकेट भूइँमा थचारेकी थिइन्। खेलपछिको पत्रकार सम्मलेनसम्म पनि उनले आफूलाई शान्त पार्न सकेकी थिइनन्।
खाली रंगशालामा शीर्ष वरीयताको दबाब परेको हो भन्ने प्रश्नमा प्लिसकोभाले भनिन्, ‘‘तपाईंले सोचेजस्तो केही पनि होइन। मैले राम्रो खेल्न सकिनँ। त्यतिमात्र हो।’’
बुधबारै ११औं वरीयताकी इलिना रेबाकिना, १२औं वरीयताकी मार्केटा भोन्ड्रोउसोभा र १३औं वरीयताकी एलसन रिसके पनि दोस्रो चरणबाट बाहिरिए।
रेबाकिना अमेरिकाकी शिल्बे रोजर्ससँग ७–५, ६–१ को सेटमा पराजित भएकी थिइन्।
भोन्ड्रोउसोभालाई बेलारुसकी एलियाकासान्ड्रा सास्नोभिचले ६–१, ६–२ को सेटमा हराइन्। रिसकेलाई आफ्नै देश अमेरिकाकी आन लीले ६–०, ६–३ को सेटमा पराजित गरिन्।
" /> काठमाडौं। सामान्य परिस्थिति हुन्थ्यो भने कारोलिना प्लिसकोभा यूएस ओपन टेनिस प्रतियोगितामा नम्बर एक हुन्थिनन्। र, उनी दोस्रो चरणबाटै बाहिरिए पनि कसैले याद गर्दैनथे। र, त्यो ठूलो समाचार पनि हुँदैनथ्यो।तर, २०२० सामान्य रहेन। महिलातर्फ शीर्ष वरीयताका खेलाडीले कोभिड-१९ महामारीका कारण प्रतियोगितामा भाग लिएनन्।

">