काठमाडौं। बार्सिलोनामा लियोनल मेसीको भविष्य अझै अन्योलमै छ।

बुधबार मेसीका बुबा र क्लबका पदाधिकारीबीच संवाद भए पनि कुनै निष्कर्ष भने निस्कन सकेन।

क्लबको एक उच्च अधिकारीका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउ र मेसीको बुबा जर्ज मेसीबीच झन्डै ९० मिनेट छलफल भएको थियो। तर दुवै पक्ष आ-आफ्नै अडानमा कायमै रहे।

मेसीले गत साता पत्र पठाएर आफूले क्लब छाड्ने बताएका थिए। सिजन सकिएपछि मेसीले सम्झाैतामा उल्लेख भएअनुसार आफू ‘फ्री ट्रान्सफर’ मा क्लब छाड्न पाउनुपर्ने बताउँदै आएका छन्।

तर, बार्सिलोनाले सम्झैतामा उल्लेखित उक्त बुँदाको औचित्य जुनमा समाप्त भइसकेको बताउँदै आएको छ। तर, मेसीले भने महामारीका कारण सिजन पछाडि धकेलिएका कारण उक्त बुँदाको औचित्य नसकिएको बताउँदै आएका छन्।

बार्सिलोनासँग मेसीको सम्झाैता २०२१ जुनमा सकिँदैछ।

बैठकमा बार्सिलोनाका तर्फबाट जेभियर बोर्डास र मेसीका भाइ रोड्रिगो पनि सामेल थिए। मेसी परिवारका वकिल पनि बैठकमा उपस्थित भएको जनाइएको छ।

बैठक सौहार्दपूर्ण रहेको बताइएको छ। मेसीका बुबाले क्लब छाड्न चाहेको बताए भने बार्सिलोनाले मेसीको प्रस्ताव स्वीकार्न नसकिने आडान दोहाेर्‍याएको थियो।

अर्को बैठक कहिले हुन्छ भनेर भनिएको छैन। त्यसको अबको बाटो के हो भनेर स्पष्ट भएको छैन।

बार्सिलोनाले अझै पनि क्लब छाड्ने मेसीको मनस्थिति परिवर्तन गर्न सकिने बताउँदै आएको छ।

मेसीको एजेन्टसमेत रहेका उनका बुबा अर्जेन्टिनाबाट बुधबार बिहानै स्पेन पुगेका थिए। तर, उनले कुनै पनि प्रतिकृया दिएनन्। उनले भने, ‘‘मलाई केही थाहा छैन।’’

बार्सिलोनाको एक टेलिभिजनले जर्ज मेसीलाई उदृत गर्दै भनेको छ, ‘‘मेसी बार्सिलोनामा रहन गाह्रो छ।’’

बार्सिलोनाले मेसीको सरुवाबारे कुनै सोच नबनाएको बताएको छ। बार्सिलोनाले मेसीलाई थप दुई वर्षकाे नयाँ सम्झाैताका लागि प्रस्ताव गरिएको जनाइएको छ।

नयाँ सम्झाैता २०२३ सम्मका लागि हुनेछ। क्लब अधिकारीका अनुसार केही महिनाअघि नयाँ सम्झैताका धेरैजसो बुँदामा दुवै पक्ष (मेसी र बार्सिलोना) सहमत भएका थिए।

बुबा जर्ज मेसीसँग बार्सिलोनाले खेलाडीसँगै प्रत्यक्ष कुरा गरेर क्लब छाड्ने मनिस्थिति परिवर्तन गर्न चाहेको बताएको छ।

मेसीको करिअर बार्सिलोनाबाट अन्त्य गर्नका लागि क्लबले सबै प्रयास गर्ने बताएको छ। मेसीले २० वर्षअघि बार्सिलोनामा करिअर सुरु गरेका थिए।

मेसीले क्लब छाड्ने घोषणा गरेपछि बार्सिलोनाका अधिकारी र उनीबीच संवाद भएको छैन। त्यसयता मेसीले पनि सार्वजनिकरूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

मेसीले सिजन सकिएको ११ दिनपछि क्लब छाड्न चाहेको घोषणा गरेका थिए। सिजनको अन्त्यमा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ ले पराजित भएको थियो।

लज्जास्पद पराजयसँगै बार्सिलोना गत सिजन उपाधिविहीन बनेको थियो। बार्सिलोनाले उपाधिविहीन बनेको २००७/०८ को सिजनपछि यो पहिलोपटक हो।

यसै साताबाट क्लबले सुरु गरेको प्रशिक्षणमा पनि मेसी सामेल भएनन्। मेसी अनुपस्थित भए पनि क्लबले कारबाहीबारे केही बताएको छैन।

नयाँ सिजनको सुरु हुने दिन नजिकिँदै गर्दा रियाल मड्रिडका कप्तान सर्जियो रामोसले मेसीको क्लब छाड्ने निर्णय आफूहरूको चासोको विषय नरहेको बताएका छन्। उनले चीर प्रतिद्वन्द्वी टीम बार्सिलोनाका खेलाडी क्लबमै बस्ने आशा व्यक्त गरे।

‘‘आफ्नो भविष्यको निर्णय लिन अधिकार मेसीलाई छ,’’ रियाल मड्रिडका कप्तान रामोसले भने, ‘‘मलाई थाहा छैन उनले राम्रो गरे कि नराम्रो। तर, स्पेनिस फुटबल, बार्सिलोना र हाम्रो लागि पनि उनी यहीँ बसेको राम्रो हुन्छ। हामी राम्रो टीममाथि विजय हासिल गर्न चाहन्छौं। उनको उपस्थितिले बार्सिलोना र लिगलाई पनि राम्रो बनाउँछ। एल क्लासिकोलाई अझ रोमाञ्चक बनाउँछ।’’

बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ। -एपी

" /> काठमाडौं। बार्सिलोनामा लियोनल मेसीको भविष्य अझै अन्योलमै छ।

"> बार्सिलोना र मेसीको बुबाबीच कुनै सहमति भएन: Dekhapadhi
बार्सिलोना र मेसीको बुबाबीच कुनै सहमति भएन

प्रतिक्रिया दिनुहोस्