काठमाडौं। म्यानचेस्टर युनाइटेडले नेदरल्यान्डका मिडफिल्डर डोनी भान डी वीकलाई बुधबार अनुबन्ध गरेको छ। आयाक्सका भान डी वीकलाई युनाइटेडले तीन करोड ५० लाख पाउन्डमा पाँच वर्षका लागि अनुबन्ध गरेको हो।
भान डी वीकसँगको सम्झौतामा ५० लाख पाउण्ड ‘एड अन क्लज’ पनि समावेश छ। २३ वर्षे भान डी वीकले आयाक्सको सिनियर टीमबाट १७५ खेल खेलेका छन्।
४१ गोल गरेका भान डी वीकको प्रेरणामा आयाक्सले २०१८/१९ को सिजन च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
भान डी वीक युनाइटेडको नयाँ सिजनको पहिलो खेलका लागि उपलब्ध हुनेछन्। युनाइटेडले २०२०/२१ को सिजन १९ सेप्टेम्बरमा क्रिष्टल प्यालेसविरुद्धको खेलबाट शुरू गरेको थियो। ‘जारी ट्रान्सफर विन्डो’मा भान डी वीक युनाइटेडले अनुबन्ध गरेको पहिलो खेलाडी हुन्।
‘‘यति लामो इतिहास बोकेको क्लबमा अनुबन्ध हुन पाउँदा मलाई कति खुशी लागेको छ भनेर शब्दमा बर्णन गर्न सक्दिन,’’ भान डी वीकले भने, ‘‘अहिले आफ्नो करियरमा अर्को चरणमा जान र उच्च स्तरमा प्रदर्शन गर्न म तयार छु। युनाइटेडभन्दा उच्च स्तर छैन। यो टीममा विश्वकै उत्कृष्ट मिडफिल्डर छन्। उनीहरुबाट म सिक्न सक्छु र टीमलाई थप मजबुद बनाउन सक्छु।’’
भान डी वीक नेदरल्यान्डबाट नेसन्स लिग खेलेर मात्र युनाइटेड जानेछन्। नेदरल्यान्डले शुक्रबार राति पोल्यान्ड र सोमबार राति इटालीविरुद्ध खेल्नेछ।
‘‘भान डी वीकसँग यस टीमका लागि आवश्यक सबै प्राविधिक गुणहरू छन्। युनाइटेडको सफलताका लागि उनी आवश्यक खेलाडी हुन्,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले नेदरल्यान्डका मिडफिल्डर डोनी भान डी वीकलाई बुधबार अनुबन्ध गरेको छ। आयाक्सका भान डी वीकलाई युनाइटेडले तीन करोड ५० लाख पाउन्डमा पाँच वर्षका लागि अनुबन्ध गरेको हो।भान डी वीकसँगको सम्झौतामा ५० लाख पाउण्ड ‘एड अन क्लज’ पनि समावेश छ। २३ वर्षे भान डी वीकले आयाक्सको सिनियर टीमबाट १७५ खेल खेलेका छन्।

">