पीएसजीका तीन खेलाडीमा कोरोना

काठमाडौं। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडी कोरोना भाइरस संक्रमित भएको क्लबले जनाएको छ।

फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। च्याम्पियन्स लिगको फाइनलमा बायर्नसँग १-० ले पराजित भएको पीएसजीले विज्ञप्तीमा भनेको छ, ‘‘सबै खेलाडी, प्रशिक्षण टीम र अन्य कर्मचारीको कोरोना भाइरस परिक्षण गरिनेछ।’’

फ्रेन्च लिग वानको नयाँ सिजन सुरु भइसकेको छ। तथापी च्याम्पियन्स लिग खेलेका कारण पीएसजीले १० सेप्टेम्बरबाट मात्र नयाँ सिजन सुरुआत गर्नेछ।

गत महिना लिग वानको उद्घाटन खेल मार्सेले र सेन्ट इटिनेबीचको खेल पनि स्थगित भएको थियो। मार्सेलेका खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएपछि खेल स्थगित भएको थियो।

कोभिड-१९ कै कारण २०१९/२० को सिजन बीचमै स्थगित भएको थियो। जसका कारण गत अप्रिलमा १२ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको पीएसजीलाई विजेता घोषित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्