काठमाडौं। ग्राण्ड स्लाममा पुनरागमन गरेका एन्डी मरे युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। मरेले जापानका योशीहितो निशियोकालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन्।
२०१९ मा पिठ्यूको शल्यक्रिया गरेका मरेले पहिलो दुई गुमाएर पनि उत्कृष्ट पुनरागमन गरेका थिए। मरेले निशियोकालाई ४-६, ४-६, ७-६ (७/५), ७-६(७/४), ६-४ को सेटमा हराएका हुन्।
मरेले आफ्नो मानसिक सबलतालाई शारीरिक अवस्थाले पनि साथ दिएको बताएका छन्।
‘‘मलाई थकाई महशुस मात्र भएको छ,’’ ३३ वर्षे मरेले भने, ‘‘मलाई थाहा छैन, पाँच सेटसम्म मेरो पिठ्युले कसरी थाम्न सक्यो।’’
पूर्व नम्बर एक मरेले चोटका कारण पछिल्लो चार वर्षमा दोस्रो युएस ओपनमा सहभागी भएका हुन्। ४९ वरियाताप्राप्त जापानका २४ वर्षे निशियोकालाई हराउँन मरेले चार घण्टा ३९ मिनेट कोर्टमा विताए।
‘‘जब साथीभाइ र परिवारले पठाएको म्यासेज हेरें, म भावुक भए,’’ मरेले भने, ‘‘मेटल हिपको साहायतामा मैले पाँच सेट खेले जुन खुशीको कुरा हो। म प्रतियोगिताबाट बाहिरिसकेको थिए। तर, हिम्मत हारिन र पुनरागमन गरेँ। यसमा मलाई गर्व छ। सबभन्दा ठूलो प्रश्न शारीरिक थियो। यसले मेरो मानसिक सबलतालाई साथ दिएको छ।’’
मरेले अब क्यानडाका २० वर्षे फेलिक्स औगर-एलाइसाइमविरुद्ध खेल्नेछन्। प्रतियोगितामा १५औं वरियाताका औगर-एलाइसाइमले ब्राजिलका थियागो मोन्टेरोलाई ६-३, ६-७ (७/९), ७-६ (८/६), ७-६ (८/६) को सेटमा हराएका थिए।
" /> काठमाडौं। ग्राण्ड स्लाममा पुनरागमन गरेका एन्डी मरे युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। मरेले जापानका योशीहितो निशियोकालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन्।२०१९ मा पिठ्यूको शल्यक्रिया गरेका मरेले पहिलो दुई गुमाएर पनि उत्कृष्ट पुनरागमन गरेका थिए। मरेले निशियोकालाई ४-६, ४-६, ७-६ (७/५), ७-६(७/४), ६-४ को सेटमा हराएका हुन्।

">