काठमाडौं। कीर्तिमानी २४औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले युएस ओपनमा सुखद शुरूआत गरेकी छिन्। १०२औं युएस ओपन खेलमा सेरेनाले क्रिस इभर्टलाई सोझो सेटमा पराजित गरेकी हुन्।
अर्थर एशे रंगशालामा गएराति ३९ वर्षिया सेरेनाले क्रिष्टि आनलाई ७-५, ६-३ को सेटमा पराजित गरेकी थिइन्। सेरेनाकी दिदी भेनस विलियम्स भने पहिलो चारणबाटै बाहिरिएकी छिन्। ४० वार्षिया भेनस युएस ओपनको पहिलो चरणबाट बाहिरिएको यो पहिलोपटक हो।
२२औं युएस ओपनमा भेनस कारोलिना मुचोभासँग ६-३, ७-५ को सेटमा पराजित भएकी थिइन्। मुचोभा २०औं वरियाताकी खेलाडी हुन्। पछिल्लो पाँच ग्राण्डस्लाम प्रतियोगितामा भने भेनस पहिलो चरणबाट बाहिरिएको यो चौथो पटक हो। सात ग्राण्डस्लाम उपाधिमध्ये भेनसले दुई वटा न्युयोर्कमै जितेकी थिइन्।
तेस्रो वरियाताकी सेरेनाले भने अब दोस्रो चरणमा रुसकी मार्गारीटा ग्यासियानसँग प्रतिस्पर्धा गर्नेछिन्। ग्यासियानले मोनिका पुजलाई ६-३, ६-७(०/७), ६-० को सेटमा हराएकी थिइन्।
‘‘मैले कसरी खेलेंभन्दा पनि प्रत्येक अंकका लागि जसरी संघर्ष गरे त्यसबाट धेरै खुशी छु। मे त्यो ‘सेरेना’लाई फर्काउन चाहन्छु,’’ सेरेनाले भनिन्, ‘‘खेल अवधिभर ‘सेरेना’ को विरासत मर्न दिनुहुदैन भन्ने सोचेँ। र त्यसमा सफल पनि भए।’’
सेरेनाले २३ ग्रान्डस्लामको उपाधि जितिसकेकी छिन्। १९६८ बाट शुरू व्यवसायिक टेनिसमा मार्गरेट कोर्टले मात्र २४ ग्राण्डस्लामको उपाधि जितेकी छिन्। सेरेना त्यो कीर्तिमानबाट एक उपाधि टाढा छिन्। सेरेनाले २३ मध्ये ६ उपाधि युएसओपनमै जितेकी छिन्। चार पटक सेरेना उपविजेता बनिन्। चारमध्ये पछिल्ला दुई वर्ष पनि हुन्।
दशौं वरियाताकी गार्विन मुगुरुजाले जापानकी नाओ हिबिनोलाई ६-४, ६-४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन्।
सातौं वरियाताकी म्याडिसन किसले हंगेरीकी टिमेया बाबोसलाई ६-१, ६-१ ले पराजित गरिन्। त्यस्तै अमेरिकाकी सोफिया केनिनले बेल्जियमकी यानिना विकमायरलाई ६-२, ६-२ को सेटमा पराजित गरिन्।
" /> काठमाडौं। कीर्तिमानी २४औं ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले युएस ओपनमा सुखद शुरूआत गरेकी छिन्। १०२औं युएस ओपन खेलमा सेरेनाले क्रिस इभर्टलाई सोझो सेटमा पराजित गरेकी हुन्।अर्थर एशे रंगशालामा गएराति ३९ वर्षिया सेरेनाले क्रिष्टि आनलाई ७-५, ६-३ को सेटमा पराजित गरेकी थिइन्। सेरेनाकी दिदी भेनस विलियम्स भने पहिलो चारणबाटै बाहिरिएकी छिन्। ४० वार्षिया भेनस युएस ओपनको पहिलो चरणबाट बाहिरिएको यो पहिलोपटक हो।

">