काठमाडौं। दुई पटकको ग्रान्ड स्लाम विजेता नाओमी ओसाका युएस ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएकी थिइन्।
चौथो वरियाताकी ओसाकाले आफ्नै देश जापानकी मिसाकी डोईलाई २-१ को सेटमा पराजित गरेकी हुन्। पहिलो सेटमा ६-२ को सहज विजय हासिल गरेकी ओसाका दोस्रो सेटमा अप्रत्यासित रूपमा ७-५ ले पराजित भएकी थिइन्।
तर, तेस्रो सेटमा भने २२ वर्षे ओसाकाले पुनरागमन गर्दै ६-२ को विजय हासिल गरेकी थिइन्।
‘‘शारीरिक रुपमा गाह्रो भएको थियो। त्यसैले आजको खेल लम्बिन्छ भन्ने मैले अनुमान गरेको थिए,’’ चौथो वरियाताकी ओसाकाले भनिन्, ‘‘उनी बलियो प्रतिद्वन्द्वी पनि हुन्। हेरौं भोली भोली हुन्छ। मलाई कस्तो महशुस हुन्छ।’’
ओसाकाले ह्यामस्ट्रिङ चोटका कारण वेष्ट्रन एण्ड साउथर्न ओपनको फाइनलअघि खेल छाडेकी थिइन्। त्यसको केही समय नवित्दै ओसाका युएस ओपन खेल्न आएकी हुन्।
ओसाकाले अब इटालीकी क्यामिला जियोर्गीविरुद्ध खेल्नेछिन्। जियोर्गीले पनि बेज्लियमकी एलिसन भान युटभान्कमाथि संघर्षपुर्ण विजय हासिल गरेकी थिइन्। जियोर्गीले युटभान्कलाई २-६, ६-१, ७-५ को सेटमा पराजित गरेकी हुन्।
जियोर्गीविरुद्ध ओसाकाले २०१८ मा टोकियोमा खेलेकी थिइन्। जियोर्गीबारे ओसाका भन्छिन्, ‘‘उनी धेरै अप्रत्यासित खेलाडी हुन्। त्यसैले मैले धेरै मिहिनेत गर्नुपर्छ।’’
" /> काठमाडौं। दुई पटकको ग्रान्ड स्लाम विजेता नाओमी ओसाका युएस ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएकी थिइन्।चौथो वरियाताकी ओसाकाले आफ्नै देश जापानकी मिसाकी डोईलाई २-१ को सेटमा पराजित गरेकी हुन्। पहिलो सेटमा ६-२ को सहज विजय हासिल गरेकी ओसाका दोस्रो सेटमा अप्रत्यासित रूपमा ७-५ ले पराजित भएकी थिइन्।

">