काठमाडौं। शीर्ष वरीयताका नोभाक जोकोभिचले यूएस ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
सर्भियाका जोकोभिचले बोस्निया एण्ड हर्जगोभिनाका दामिर जुमहुरलाई सोझो सेटमा पराजित गरेका हुन्।
कीर्तिमानी १८औं ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले जुमहुरलाई ६–१, ६–४, ६–१ को सेटमा हराएका हुन्।
प्रमुख प्रतिद्वन्द्वीहरू राफेल नाडाल र रोजर फेडेररको अनुपस्थितिमा जोकोभिच प्रतियोगिताको बलियो उपाधि दाबेदार हुन्।
जोकोभिचले अब इङ्ल्यान्डका काइल एडमन्डसँग प्रतिस्पर्धा गर्नेछन्।
एडमन्डले काजकिस्तानका एलेक्जेन्डर बुबलिकलाई ३–१ को सेटमा पराजित गरेका थिए। पहिलो सेट ६–२ ले गुमाएका एडमन्डले बाँकी सेट ७–५, ७–५, ६–० ले जितेका थिए।
चौथो वरीयताका स्टेफानोस सिटसिपासले स्पेनका अल्बर्ट रामोस–भिनोलासलाई ३–० को सोझो सेटमा पराजित गरे। सिटसिपासले रामोस–भिनोलासमाथि ६–२, ६–१, ६–१ को सेटमा विजय हासिल गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन्।
सिटसिपासले अब अमेरिकाका म्याक्सि क्रेस्सीसँग प्रतिस्पर्धा गर्नेछन्।
सातौं वरीयताका डेभिड गोफिनले रिले ओपल्कालाई ७–६(७/२), ३–६, ६–१, ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए।
पाचौं वरीयताका एलेक्जान्डर जेभरेभले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ७–६(७/२), ५–७, ६–३, ७–५ को सेटमा पराजित गरेका गरे।
जेभरेभले अब अमेरिकाका ब्रान्डोन नाकाशिमासँग प्रतिस्पर्धा गर्नेछन्।
" /> काठमाडौं। शीर्ष वरीयताका नोभाक जोकोभिचले यूएस ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।सर्भियाका जोकोभिचले बोस्निया एण्ड हर्जगोभिनाका दामिर जुमहुरलाई सोझो सेटमा पराजित गरेका हुन्।

">