काठमाडौं। इङ्ल्यान्ड टेष्ट क्रिकेट टीमका कप्तान जो रुट अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टीममा परेनन्।
तथापी रुट एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भने टीममा परेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियका लागि जोस बट्लर, जोर्फा आर्चर, साम कुरान, मार्क उड पनि टीममा छन्।
पाकिस्तानविरुद्धको दुई टेष्ट र ट्वान्टी-२० शृंखला गुमाएका अलराउन्डर बेन स्टोक्स पनि टीममा परेका छैनन्। स्टोक्स विरामी बुबालाई भेट्न न्युजिल्यान्ड गएका छन्।
ओपनर जसोन रोएले पनि अस्ट्रेलियाविरुद्धको शृंखला गुमाउने भएका छन्। उनी पाकिस्तानविरुद्धको खेलमा घाइते भएका थिए।
तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला शुक्रबारबाट शुरू हुनेछ। त्यस्तै एकदिवसीय शृंखला भने ११ सेप्टेम्बरबाट शुरू हुनेछ।
इङ्लयान्डको ट्वान्टी-२० अन्तर्राष्ट्रिय टीम
इयान मोर्गान (कप्तान), मोइन अली, जोर्फा आर्चर, जोनी बेयरिष्टो, टम बान्टोन, साम विलिङ्स, जोस बट्लर, साम कुरान, टम कुरान, जो डेनली, क्रिस जोर्डन, डेविड मलान, एडिल रसिद र मार्क उड।
इङ्ल्यान्डको एकदिवसीय अन्तर्राष्ट्रिय टीम
इयान मोर्गान (कप्तान), मोइन अली, जोर्फा आर्चर, जोनी बेयरिष्टो, टम बान्टोन, साम विलिङ्स, जोस बट्लर, साम कुरान, टम कुरान, एडील रसिद, जो रुट, क्रिस वक्स र मार्क उड।
" /> काठमाडौं। इङ्ल्यान्ड टेष्ट क्रिकेट टीमका कप्तान जो रुट अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टीममा परेनन्।तथापी रुट एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भने टीममा परेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियका लागि जोस बट्लर, जोर्फा आर्चर, साम कुरान, मार्क उड पनि टीममा छन्।

">