सेनाका खेलाडीलाई स्वर्ण <p>काठमाडौं।&nbsp;काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भदौ १३ देखि १४ सम्म सञ्चालन भएको पहिलो काठमाडौं भर्चुअल तेकवान्दो नेसनल ओपन पुम्से प्रतियोगितामा नेपाली सेनाका खेलाडीले स्वर्ण जितेका छन्।</p> <p>नेपाली सेनाका अनुसार त्रिभुवन आर्मी क्लबका प्युठ निता गुरुङले महिला १८ देखि ३० वर्ष समूह तर्फ स्वर्ण पदक जितेकी हुन्।</p> <p>सेनाका &nbsp;दिपेन्द्र गुरुङले पुरुष १८ देखि ३० वर्ष समूह तर्फ रजत पदक जित्न सफल भएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्