काठमाडाैं। मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ।
तीन स्वर्ण, तीन रजत तथा पाँच कांस्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुई रजत र एक कांस्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ कैलाली तेस्रो भएको छ।
प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
यस्तै प्रतियोगितामा स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले एक/एक स्वर्ण पदक प्राप्त गरेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए।
प्रतियोगितामा यु-१८ पुरुष एकलतर्फ १३औँ सागका कांस्य पदक विजेता अस्मिन राउतले स्वर्ण जिते।
चितवनका अब्बास खानले रजत तथा चितवनकै सागर बरालले र कैलालीका लक्ष्मण श्रेष्ठले अंक प्राप्त गर्दै कांस्य पदक पाए।
यस्तै यु-१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले स्वर्ण जितिन्।
चितवनकी जैनब खातुनले रजत तथा मूलपानीकी अस्मिता नगरकोटी र सुनसरीकी सुदेशना गुरुङले कांस्य पदक प्राप्त गरे।
यसैगरी यु-३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले स्वर्ण पदक जिते। उनी १३औं सागको कांस्य पदकधारीसमेत हुन्। सागका कांस्य पदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम र दोलखाका नोर्बु मोक्तानले कास्यं पदक प्राप्त गरे।
यु-३१ महिला एकलतर्फ १३औं सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो।
सेनाकी निताले स्वर्ण तथा स्युचाटारकी सन्जिलाले रजत प्राप्त गरे। सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले र दाङकी सुनिता विष्टले कांस्य पदक प्राप्त गरे।
यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसूदन सापकोटाले स्वर्ण जिते। कैलालीका आशिष चन्दले रजत तथा रुपन्देहीका विकास उदय र गैरीगाउँका सोभितमान गिरीले कांस्य पदक प्राप्त गरे।
संघका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो।
प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रासस
" /> काठमाडाैं। मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ।तीन स्वर्ण, तीन रजत तथा पाँच कांस्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो।

">