काठमाडौं। माइकल किनले एभर्टनसँग थप पाँच वर्षे सम्झौता गरेका छन्।
इङल्यान्डका सेन्टर ब्याक किनले २०१७ मा बर्नलीबाट आएयता एभर्टनका लागि प्रिमियर लिगमा ९४ खेल खेलेका छन्। गत सिजन कार्लो एन्सेलोट्टीले नेतृत्व लिएयता उनी टीमको मूख्य खेलाडीका रूपमा रहँदै आएका छन्।
पछिल्लो समय उच्च फर्ममा रहेका २७ वर्षे किनलाई इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले गत साता राष्ट्रिय टोलीमा समावेश गरेका थिए। अर्को महीना नेशन्स लिगअन्तर्गत आइसल्यान्ड र डेनमार्कविरुद्धका खेलका लागि साउथगेटले उनलाई टीममा बोलाएका हुन्।
“एभर्टनमा मेरा तीन वर्ष रमाइलोसँग बिते। मैले यहाँ हरेक दिन नयाँ कुरा सिकिरहेको छु। यहाँको सबै कुरा मलाई राम्रो लागिरहेको छ। नयाँ सम्झौता गर्न पाउँदा खुसी छु,” किनले भने।
" /> काठमाडौं। माइकल किनले एभर्टनसँग थप पाँच वर्षे सम्झौता गरेका छन्।इङल्यान्डका सेन्टर ब्याक किनले २०१७ मा बर्नलीबाट आएयता एभर्टनका लागि प्रिमियर लिगमा ९४ खेल खेलेका छन्। गत सिजन कार्लो एन्सेलोट्टीले नेतृत्व लिएयता उनी टीमको मूख्य खेलाडीका रूपमा रहँदै आएका छन्।

">