काठमाडौं। म्यानचेस्टर युनाइटेड आयक्सका मिडफिल्डर डोनी भान डी वीकसँगको सम्झौता नजिक पुगेको छ। बेलायती संचारमाध्यमका अनुसार युनाइटेड ४ करोड पाउण्डमा अनुबन्ध गर्न सहमति भएको छ।
युनाइटेड प्रशिक्षक ओले गनर सोल्सायरले पहिलेदेखी नेदरल्यान्डका भान डी वीकको खुलेर प्रशंसा गर्थे। उनले पटक-पटक २३ वर्षे भान डी वीकको खेल हेरेका थिए।
भान डी वीकको मेडिकल जाँच र औपचारिक घोषणा गर्न बाँकी रहेको बताइएको छ। बाँकी काम केही दिनमै सकिने अनुमान गरिएको छ।
भान डी वीकले युनाइटेडसँग पाँच वर्षका लागि सम्झौता गर्न लागेको जनाइएको छ। उनी युनाइटेडको सिजनको पहिलो खेलमा उपलब्ध भइसक्ने जनाइएको छ। यनाइटेडले सेप्टेम्बर १९ बाट क्रिष्टल प्यालेसविरुद्धको खेलबाट नयाँ सिजनको शुरूआत गर्नेछ।
भान डी वीक यस ट्रान्सफर विन्डोमा युनाइटेडको पहिलो अनुबन्ध हुनेछ। युनाइटेड जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट विंगर जाडोन सान्चोलाई पनि भित्र्याउने प्रयासमा रहेको छ।
आयाक्सले २०१९ मा च्याम्पियन्स लिगसम्मको यात्रा तय गर्दा भान डी वीकले प्रभावशाली प्रदर्शन गरेका थिए।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेड आयक्सका मिडफिल्डर डोनी भान डी वीकसँगको सम्झौता नजिक पुगेको छ। बेलायती संचारमाध्यमका अनुसार युनाइटेड ४ करोड पाउण्डमा अनुबन्ध गर्न सहमति भएको छ।युनाइटेड प्रशिक्षक ओले गनर सोल्सायरले पहिलेदेखी नेदरल्यान्डका भान डी वीकको खुलेर प्रशंसा गर्थे। उनले पटक-पटक २३ वर्षे भान डी वीकको खेल हेरेका थिए।

">