डोल्बर्गको दुईगोलमा निस विजयी
<p>काठमाडौं। कास्पर डोल्बर्गको दुई गोलप्रेरित निसले फ्रेन्च लिगमा गए राति स्टार्सबर्गलाई २-० ले पराजित गरेको छ। </p>
<p>स्टार्सबर्गको घरेलु मैदानमा भएको खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीमार्फत डोल्बर्गले निसलाई अग्रता दिलाएका थिए।</p>
<p>पहिलो हाफमा १-० को अग्रता लिएको निसका लागि ५९औं डोल्बर्गले पुन: गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।</p>
<p>जितसँगै सिजनको सुरुआत गरेका निसले आगामी खेलमा शनिबार मोन्टेपेलियरको सामना गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्
