युनाइटेडले प्रिमियर लिग जित्ने माटिचको दाबी
<p>एजेन्सी। म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर नेमान्जा माटिचले आगामी २०२०/२१ को सिजनमा टोलीले प्रिमियर लिग जित्ने विश्वास व्यक्त गरेका छन्।</p>
<p>बितेको सिजन तेस्रो स्थानमा रहेर टुङ्ग्याउने क्रममा युनाइटेडले १४ खेलको अपराजित यात्रा कायम गरेको थियो। लिभरपुल च्याम्पियन भएको सिजनमा म्यानचेस्टर सिटीले दोस्रो स्थान हासिल गरेको थियो।</p>
<p>ओले गनर सोल्सायरको युनाइटेडले बितेको सिजनमा युरोपा लिग, एफए कप र इएफएल कपको सेमिफाइनलसम्मको यात्रा तय गर्नुका साथै २०१७/१८यता पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको थियो।</p>
<p>“हामीले आगामी सिजनमा प्रिमियर लिग जित्न सक्छौं। हामी उपाधिका दाबेदार हौं,” माटिचले भने, “अब हामीसँग कुनै बहाना हुने छैन। बहाना गरेर उम्किन मिल्ने अवस्था पनि छैन्। यो वर्ष हामीले निकै सजिलोसँग केही अंक खेर फाल्यौं। अब त्यसो गर्ने छुट हुने छैन।”</p>
प्रतिक्रिया दिनुहोस्
