जमैकाको जितमा सन्दीपले लिए दुई विकेट
<p>काठमाडौं। सन्दीप लामिछानेको दुई विकेट मद्दतमा जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आज बिहान भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको छ।</p>
<p>क्विन्स पार्क ओभल ट्रिनिडाडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जमैकाले १४७ रनको योगफल तयार पारेको थियो।</p>
<p>निर्धारित २० ओभरमा १४८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो।</p>
<p>जमैकाका लागि चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चेर दुई विकेट लिए। योसँगै सन्दीपले जारी प्रतियोगितामा नौ विकेट लिइसकेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
