काठमाडौं। इङ्लिस प्रियिमर लिग क्लबको रंगशालामा मार्चपछि गएराति पहिलोपटक दर्शक फर्किएका छन्। सिजनपूर्व चेल्सी र ब्राइटनबीचको मैत्रीपूर्ण खेलमा दर्शक उपस्थित भएका थिए।
१-१ को बराबरीमा सकिएको खेलमा लगभग २५ सयको हाराहारीमा दर्शक उपस्थित भएका थिए। कोभिड-१९ का कारण मार्चयता रंगशालामा दर्शक प्रवेशमा निषेध गरिएको थियो। इङ्ल्यान्डको दक्षिण तटमा अवस्थित ब्राइटनको रंगशालमा दर्शकलाई प्रवेश दिइएको हो।
महामारीका क्रममा खेलकुदमा कसरी दर्शकलाई फर्काउन सकिन्छ भनेर सरकारले संचालन गरेको यो एक पाइलट प्रोजेक्ट थियो।
यसै सिजन अनुबन्ध गरेको टिमो वेर्नरले गरेको गोलमा चेल्सीले चौथो मिनेटमा अग्रता लिएको थियो। अन्तिम मिनेटमा पास्कल ग्रसले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए।
चेल्सीले सेप्टेम्बर १४ मा ब्राइटनविरुद्धकै खेलबाट प्रिमियर लिगको शुरूआत गर्नेछ।
" /> काठमाडौं। इङ्लिस प्रियिमर लिग क्लबको रंगशालामा मार्चपछि गएराति पहिलोपटक दर्शक फर्किएका छन्। सिजनपूर्व चेल्सी र ब्राइटनबीचको मैत्रीपूर्ण खेलमा दर्शक उपस्थित भएका थिए।१-१ को बराबरीमा सकिएको खेलमा लगभग २५ सयको हाराहारीमा दर्शक उपस्थित भएका थिए। कोभिड-१९ का कारण मार्चयता रंगशालामा दर्शक प्रवेशमा निषेध गरिएको थियो। इङ्ल्यान्डको दक्षिण तटमा अवस्थित ब्राइटनको रंगशालमा दर्शकलाई प्रवेश दिइएको हो।

">