काठमाडौं। पिइरे-इमिरिक औबमेयाङको गोलमा यो महीनाको शुरूमा एफए कपको उपाधि जितेको आर्सनलले उनै औबमेयाङको गोलमा कम्युनिटी शिल्डको उपाधि जितेको छ।

अगष्टको शुरूमा महामारीका कारण एफए कप फाइनलमा रंगशाला खाली भएजस्तै गएराति पनि वेम्बली रंगशाला खाली थियो। त्यही रंगशालामा आर्सपेनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको हो।

फाइनलमा औबमेयाङले निर्णायक गोल गरेका थिए।

आर्सनलका कप्तान औबमेयाङले एफए कपको सेमिफाइनलमा र फाइनलमा समान दुई गोल गरेका थिए। गएराति पनि औबमेयाङकै गोलमा आर्सनलले १२औं मिनेटमा अग्रता लिएको थियो।

७३औं मिनेटमा बैकल्पिक खेलाडी ताकुमी मिनामिनोले बराबरी गोल फर्काएका थिए।

मिनामिनो ५९औं मिनेटमा नेको विलियम्सको स्थानमा मैदान छिरेका थिए। लिभरपुलबाट १५ खेलमा मिनामिनोको यो पहिलो गोल हो।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टी सुटआउटमा आर्सनलका रेस नेल्सन, आइन्स्ले मैटल्यान्ड नाइल्स, सेड्रिक सोएरेस, डेबिड लुइज र औबमेयाङले गोल गरेका थिए भने लिभरपुलबाट मोहम्माद सालाह, फाविन्हो, मिनामिनो र कर्टिस जोन्सले गोल गरेका थिए। लिभरपुलका रायन ब्रेउस्टरले गोल गरेनन्।

आर्सनल अब औबमेयाङसँग नयाँ सम्झौताका लागि प्रयास गरिरहेको छ। नयाँ सिजनको समाप्तिसँगै औबमेयाङ र आर्सनलबीचको सम्झौता समाप्त हुनेछ।

‘‘केही दिन हेरौं,’’ औबमेयाङले भने।

आर्सनलका प्रशिक्षक माइकल अर्टेटा भने औबमेयाङले नयाँ सम्झौता गर्नेमा आशावादी छन्। उनी भन्छन्, ‘‘म चिन्तित छैन। उनले नयाँ सम्झौता गर्छन् भन्नेमा म धेरै सकारात्मक छु।’’

प्रिमियर लिग १२ सेप्टेम्बरबाट शुरू हुनेछ। आर्सनलले फुलह्यामविरुद्धको खेलबाट प्रिमियर लिगको शुरूआत गर्नेछ। गत सिजन आर्सनलले आठौं स्थानमा रहेर प्रिमियर लिगको अन्त्य गरेको थियो। जुन लिग विजेता लिभरपुलभन्दा ४३ अंकले पछाडि थियो।

" /> काठमाडौं। पिइरे-इमिरिक औबमेयाङको गोलमा यो महीनाको शुरूमा एफए कपको उपाधि जितेको आर्सनलले उनै औबमेयाङको गोलमा कम्युनिटी शिल्डको उपाधि जितेको छ।

अगष्टको शुरूमा महामारीका कारण एफए कप फाइनलमा रंगशाला खाली भएजस्तै गएराति पनि वेम्बली रंगशाला खाली थियो। त्यही रंगशालामा आर्सपेनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको हो।

फाइनलमा औबमेयाङले निर्णायक गोल गरेका थिए।

आर्सनलका कप्तान औबमेयाङले एफए कपको सेमिफाइनलमा र फाइनलमा समान दुई गोल गरेका थिए। गएराति पनि औबमेयाङकै गोलमा आर्सनलले १२औं मिनेटमा अग्रता लिएको थियो।

७३औं मिनेटमा बैकल्पिक खेलाडी ताकुमी मिनामिनोले बराबरी गोल फर्काएका थिए।

मिनामिनो ५९औं मिनेटमा नेको विलियम्सको स्थानमा मैदान छिरेका थिए। लिभरपुलबाट १५ खेलमा मिनामिनोको यो पहिलो गोल हो।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टी सुटआउटमा आर्सनलका रेस नेल्सन, आइन्स्ले मैटल्यान्ड नाइल्स, सेड्रिक सोएरेस, डेबिड लुइज र औबमेयाङले गोल गरेका थिए भने लिभरपुलबाट मोहम्माद सालाह, फाविन्हो, मिनामिनो र कर्टिस जोन्सले गोल गरेका थिए। लिभरपुलका रायन ब्रेउस्टरले गोल गरेनन्।

आर्सनल अब औबमेयाङसँग नयाँ सम्झौताका लागि प्रयास गरिरहेको छ। नयाँ सिजनको समाप्तिसँगै औबमेयाङ र आर्सनलबीचको सम्झौता समाप्त हुनेछ।

‘‘केही दिन हेरौं,’’ औबमेयाङले भने।

आर्सनलका प्रशिक्षक माइकल अर्टेटा भने औबमेयाङले नयाँ सम्झौता गर्नेमा आशावादी छन्। उनी भन्छन्, ‘‘म चिन्तित छैन। उनले नयाँ सम्झौता गर्छन् भन्नेमा म धेरै सकारात्मक छु।’’

प्रिमियर लिग १२ सेप्टेम्बरबाट शुरू हुनेछ। आर्सनलले फुलह्यामविरुद्धको खेलबाट प्रिमियर लिगको शुरूआत गर्नेछ। गत सिजन आर्सनलले आठौं स्थानमा रहेर प्रिमियर लिगको अन्त्य गरेको थियो। जुन लिग विजेता लिभरपुलभन्दा ४३ अंकले पछाडि थियो।

"> आर्सनललाई कम्युनिटी शिल्डको उपाधि, औबमेयाङ नायक: Dekhapadhi
आर्सनललाई कम्युनिटी शिल्डको उपाधि, औबमेयाङ नायक

प्रतिक्रिया दिनुहोस्