काठमाडौं। प्रिमियर लिगमा पुनरागमन गरेको लिड्स युनाइटेडले भ्यालेन्सियाका रोड्रिगोलाई क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको छ।
२९ वर्षे स्पेनका फरवार्डले गत सिजन क्लब र देशबाट ३८ खेलमा १० गोल गरेका थिए।
लिड्सले रोड्रिगोका लागि तीन करोड पाउन्ड खर्च गरेको छ। क्लबले यसअघि २००० मा रक्षक रियो फर्डिनान्डलाई अनुबन्ध गर्न एक करोड ८० लाख खर्च गरेको थियो।
त्यतिबेला त्यो ठूलो रकम थियो। जसका कारण क्लब वित्तीय संकटमा पर्याे र २००४ मा प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो।
लिड्स गत महिना लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा उक्लिएको हो। लिड्सले सेप्टेम्बर १२ मा प्रिमियर लिग विजेता लिभरपुलविरुद्धको खेलबाट शीर्ष डिभिजनको लिग सुरु गर्नेछ।
‘‘फुटबलको एक उत्कृष्ट प्रशिक्षकसँग खेल्दैछु,’’ रोड्रिगोले भने, ‘‘उनले फरक-फरक क्लबमा आफूलाई प्रमाणित गरिसकेका छन्। म उनीबाट धेरै कुरा सिक्न उत्साहित छु।’’
बेनफिका जानुअघि रोड्रिगोले सेल्टाभिगो र रियाल मड्रिडबाट पनि खेलिसकेका छन्। २०१३ र २०१४ को सिजन बेनफिकाबाट खेलेका रोड्रिगोले ६७ खेलमा २७ गोल गरेका थिए।
बेनफिका युरोपा लिगको फाइनलमा पनि पुगेको थियो। त्यसपछि उनी पोर्चुगलको क्लबबाट ला लिगाको क्लब भ्यालेन्सियामा अनुबन्ध भएका थिए।
भ्यालेन्सियामा ६ सिजन बिताएका रोड्रिगोले २२० खेलमा ५९ गोल गरेका छन्। उनले २०१९ मा कोपा डेल रेको उपाधि जितेका थिए।
रोड्रिगोसँग प्रिमियर लिग खेलेको अनुभव पनि छ। २०१०/११ को सिजन लोनमा बोल्टन आएका थिए। बोल्टनबाट २१ खेलमा एक गोल गरेका थिए।
ब्राजिलमा जन्मिएका रोड्रिगोले स्पेनबाट २२ खेलमा आठ गोल गरेका छन्।
" /> काठमाडौं। प्रिमियर लिगमा पुनरागमन गरेको लिड्स युनाइटेडले भ्यालेन्सियाका रोड्रिगोलाई क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको छ।२९ वर्षे स्पेनका फरवार्डले गत सिजन क्लब र देशबाट ३८ खेलमा १० गोल गरेका थिए।

">