काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले २०२० बालोन डी’अर अवार्ड स्थगित नभएको भए आफू त्यसको हकदार भएको बताएका छन्।
कोभिड-१९ महामारीका कारण २०१९/२० को सिजन बिथोलिएका कारण फ्रान्स फुटबलले जुलाईमै यस वर्ष बालोन डी’अर अवार्ड वितरण नगर्ने घोषणा गरेको थियो।
यस वर्ष लेवनडोवस्की पुरुषतर्फको अवार्ड हकदारमध्येका एक बलियो दाबेदार थिए। उनले सबैखाले प्रतियोगितामा गरेर बायर्नका लागि ५५ गोल गरेका थिए।
उनकै प्रेरणमा बायर्नले तेहेरो उपाधि उचालेको थियो। बायर्नले बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग गरेर तेहेरो उपाधि जितेको यो दोस्रोपटक हो।
३२ वर्षे लेवनडोवस्कीले कहिल्यै पनि बालोन डी’अरलाई दिमागमा राखेनन्। तर, उनलाई लाग्छ यस वर्ष उनी बलियो दाबेदार थिए।
‘‘मैले यसबारे कहिल्यै सोचिनँ। म त अझै पनि हामी च्याम्पियन्स लिगकै तयारीमा छौं जस्तो लाग्छ। तर छोटो विश्रामपछि बुन्डेसलिगा पुनः सुरु हुन लागिसक्यो,’’ पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले भने, ‘‘मेरो प्राथमिकता के हो थाहा छ। मेरो ध्यान व्यक्तिगत अवार्डमा भन्दा च्याम्पियन्स लिगको उपाधिमा थियो। यो वर्षको बीचमै अवार्ड नहुने भनेर घोषणा भइसकेको थियो। र, अवार्ड वितरण डिसेम्बरमा हुन्थ्यो। चाँडै स्थगित भएकाले पनि मेरो दिमागमा त्यो कुरा घुस्नै पाएन।’
अवार्ड दिनुपर्याे भने कुन खेलाडीलाई दिन ठिक हुन्छ भन्ने प्रश्नमा लेवनडोवस्कीले भने, ‘‘म आफैंलाई। हामीले यहाँ जित्नुपर्ने सबै जितेका छौं। र, सबै प्रतियोगितामा मैले सबैभन्दा धेरै गोल गरेको अवार्ड जितेको छु। मलाई लाग्छ त्यो बालोन डी’अर जित्न पर्याप्त छ।’’
बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। लेवनडोवस्कीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेका हुन्।
" /> काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले २०२० बालोन डी’अर अवार्ड स्थगित नभएको भए आफू त्यसको हकदार भएको बताएका छन्।कोभिड-१९ महामारीका कारण २०१९/२० को सिजन बिथोलिएका कारण फ्रान्स फुटबलले जुलाईमै यस वर्ष बालोन डी’अर अवार्ड वितरण नगर्ने घोषणा गरेको थियो।

">