लेस्टर र शेफिल्ड बराबरीमा रोकिए
<p>एजेन्सी। इङ्लिस प्रिमियर लिग खेल्ने क्लब लेस्टर सिटी र च्याम्पियनसिपको शेफिल्ड वेइन्स्डेबीच आज भएको खेल गोल रहित बराबरीमा टुङ्गिएको छ।</p>
<p>चचेक गणतन्त्रको टीसी स्टारहोभमा भएको खेलमा शेफिल्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको लेस्टर फिनिसिङमा चुक्दा जित निकाल्न असफल भयो।</p>
<p>गत सिजन तालिकाको पाँचौँ स्थानमा रहेर टुङ्ग्याएको लेस्टर सेप्टेम्बर १९ मा बर्न्लीसँग खेल्दे नयाँ सिजनको सुरुआत गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्
