मैत्रीपूर्ण खेलमा लेगानेससँग आइबर ३-१ ले पराजित

काठमाडौं। लेगानेसले मैत्रीपूर्ण खेलमा आइबरलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ।

लेगानेसको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा किनेथ आमेउरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको दश मिनेट नबित्दै रोबर्टो रोसालेसले गरेको गोलसँग लेगानेसले २–० को अग्रता लियो।

भ्रमणकारी आइबरमाथि हाबी बनेको लेगानेसका लागि पहिलो हाफको खेल सकिन पाँच मिनेट बाँकी रहँदा जोसे अमाइजले गरेको गोलसँगै ३–० को अग्रता लिएको थियो।

दोस्रो हाफमा सम्हालिएको आइबरले इन्जुरी समयमा पाएको पेनाल्टीमार्फत एक गोल फर्कायो। पहिलो हाफमा १–० ले पछि परेको आइबरका लागि किकेले पेनाल्टीमार्फत गोल गरे।

प्रतिक्रिया दिनुहोस्