बुन्डेसलिगामा २०२० भर दर्शक नहुने पक्का
<p>काठमाडौं। जर्मन बुन्डेसलिगा २०२१ सम्म दर्शकबिहीन रंगशालामा हुने निश्चित भएको छ। जर्मन चान्सलर एञ्जेला मोर्केलले मानिसको भीड हुने ठुला कार्यक्रम गर्न ३१ डिसेम्बरसम्मका लागि प्रतिबन्धको घोषणा गरेपछि बुन्डेसलिगा पनि खाली रंगशालामा हुने पक्का भएको हो।</p>
<p>मोर्केलले बिहीबार १६ राज्यका गभर्नरलाई भेटेका थिए। भेटमा जर्मनीमा पछिल्लो फेरि बढेको कोरोना भाइरस संक्रमणलाई कसरी रोेक्ने भन्‍ने विषयमा छलफल भएको थियो। </p>
<p>छलफल खेलकुदमा केन्द्रित त भएन। तर भीडभाड हुने कार्यक्रम गर्न प्रतिबन्ध लागेसँगै खेलकुद पनि त्यसमा परेको हो। सुरुमा प्रतिबन्ध ३१ अक्टोबर सम्मका लागि लगाइएको थियो। तर बिहीबारको छलफलपछि थप दुई महिना प्रतिबन्ध लगाउने निर्णय भएको हो।</p>
<p>जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ४० हजार भन्दा बढी भइसकेको छ। कोभिड-१९ कै कारण नौ हजार २९० को ज्यान गइसकेको छ। तर फेरी दिनानुदिन नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ।</p>
प्रतिक्रिया दिनुहोस्
