मैत्रीपूर्ण खेलमा डर्टमन्ड पराजित
एजेन्सी। सिल्भेरे गानभोउला एम’बोसीको दुई गोलप्रेरित भिएफएल बोचुमले बोरुसिया डर्टमन्डलाई ३–१ को नतिजामा पराजित गरेको छ।

डर्टमन्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा २–० ले पछि परेको डर्टमन्डले दोस्रो हाफमा एक गोल खाएर एक गोल मात्र फर्काउन सक्यो।

एम’बोसीले १६औं मिनेटमा गोल गर्दै बोचुमलाई अग्रता दिलाएका थिए। त्यस्तै २५औं मिनेटमा सिमोन जोलेरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफको पहिलो मिटमा एम’बोसीले व्यक्तिगत दोस्रो गोल गर्दै बोचुमको अग्रता ३–० मा लम्ब्याएका थिए।

डर्टमन्डका लागि कप्तान हुमल्सले ६७औं मिनेटमा एक मात्र सान्तवना गोल गरे।

प्रतिक्रिया दिनुहोस्