ज्लाटन इब्राहिमोभिचले छाडे अमेरिकी क्लब एलए ग्यालेक्सी
काठमाडौं। स्वीडिस खेलाडी ज्लाटन इब्राहिमोभिचले अमेरिकी क्लब एलए ग्यालेक्सी छाडेका छन्।
मार्च २०१८ मा ग्यालेक्सीमा पुगेका ३८ वर्षीय इब्राहिमोभिचले ५३ खेल खेल्दै ५२ गोल गरेका थिए।
‘तिमी ज्लाटन चाहन्थ्यौं, मैले ज्लाटन दिए, स्वागतम्,’ फ्यानहरुका लागि उनले यस्तो सन्देश दिएका छन्।
इब्राहिमोभिचले अब इटालियन क्लब एसी मिलान जाने चर्चा भइरहेको छ। जहाँ उनले सन् २०१० देखि २०१२ सम्म खेलेका थिए।
एलए ग्यालेक्सीका अध्यक्ष क्रिज क्लेनले ज्लाटनको कामप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले ज्लाटन एलए ग्यालेक्सीमा आएपछि लस एन्जलसको फुटबलमा सकारात्मक प्रभाव परेको बताए।
ज्लाटन दुवै सिजनमा एमएसएसको बेस्ट एघारमा अटाएका थिए।
प्रतिक्रिया दिनुहोस्