काठमाडौं। ब्राजिलका सेन्टर ब्याक थियागो सिल्भा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीसँग अनुबन्ध भएका छन्। सिल्भाले चेल्सीसँग एक वर्षको लागि सम्झौता गरेका हुन्।
फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता सकिएपछि सिल्भा चेल्सीसँग अनुबन्ध भएका हुन्। सिल्भाले पीएसजीबाट पछिल्लो खेल च्याम्पियन्स लिगको फाइनल खेलेका थिए। फाइनलमा पीएसजी जर्मन बुन्डेस लिगाको क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो।
सिल्भाको आगमनसँग चेल्सीको रक्षापंक्ति मजबुद हुने अपेक्षा गरिएको थियो। गत सिजन चेल्सीले लिगमा ५४ गोल खाएको थियो। चेल्सीले यसअघि लेस्टर सिटीका रक्षक बेन चिलवेललाई पनि अनुबन्ध गरेको थियो।
‘‘चेल्सीसँग अनुबन्ध हुन पाउँदा म धेरै खुशी छु,’’ सिल्भालाई उदृत गर्दै चेल्सीको वेबसाइटमा भनिएको छ, ‘‘नयाँ सिजनका लागि फ्रांक लामपार्डको टीममा हुन पाउँदा उत्साहित छु। म यहाँ चुनौतीको सामना गर्न आएको छु। स्टामफोर्ड ब्रिजमा चेल्सीका समर्थकहरुसँग चाँडै भेट हुनेछ।’’
चेल्सीका निर्देशक मारिना ग्रानोभसकाइया विश्व उत्कृष्ट मध्येका एक खेलाडीलाई क्लबमा अनुबन्ध गर्न पाउँदा खुसी भएको बताएका छन्।
‘‘उच्च स्तरीय प्रतियोगितामा लामो समय विताएका सिल्भाको अनुभव र क्षमताले क्लबको प्रदर्शन फरक पर्नेमा कुनै शंका छैन,’’ चेल्सीका निर्देशकले भनेका छन्।
सिल्भाले ब्राजिलबाट ८८ खेल खेलिसकेका छन्। उनले पीएसजीबाट २०० भन्दा धेरै खेल खेलेका छन्। पीएसजीमा आठ वर्ष विताएका सिल्भाले लगातार सात पटक फ्रेन्च लिग वानको उपाधि जितेका थिए।
लामपार्डले यसै सिजन अग्रपंक्तिमा पनि टिमो वेर्नर र हाकिम जियाचलाई अनुबन्ध गरेको थियो। लामपार्डको पहिलो सिजन चेल्सी खेलाडी अनुबन्धको प्रतिबन्धमा थियो। दोस्रो सिजनका लागि लाम्पार्डले बायर लेभरकसेन तथा जर्मनी विंगर काई हाभार्टेजलाई पनि अनुबन्ध गर्ने प्रयासमा छ।
प्रिमियर लिग १४ सेप्टेम्बरबाट सुरु हुनेछ। चेल्सीले पहिलो खेल ब्राइटनविरुद्ध खेल्नेछ।