इमर्जिङ टिम्स कप: पवनको अर्धशतकमा नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं। बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.५ ओभरमा १९३ रनमा अलआउट भएको हो।

नेपालको लागि पवन सर्राफले अर्धशतक प्रहार गरे। छैटौं नम्बरमा ब्याटिङ गरेका पवनले सर्वाधिक ५६ रन बनाए।

४९ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै शरद भेषावकरले ४४ रन योगदान गरे।

कुशल भुर्तेलले २८, दीपेन्द्र सिंह ऐरीले २४ र करण केसीले २० रन जोडे।

भारतका लागि सौरभ दुवेले सर्वाधिक ४ विकेट लिए। यस्तै यस राथोडले ३ तथा पार्थ रेखाडेले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्