मैत्रीपूर्ण खेलमा लेभान्टे विजयी

एजेन्सी। गए राति भएको सिजन पूर्वको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब लेभान्टेले ला लिगाकै प्रतिद्वन्दी मालोर्कालाई २–१ गोलको नतिजामा पराजित गरेको छ।

चेक गणतन्त्रको टिसी स्टारहोभ रंगशालामा भएको खेलमो पहिलो मिनेटमै र्ज डिफुर्टोसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए। मालोर्काको रक्षापंक्ति माथि हाबी बनेको लेभान्टको लागि २२औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

सुरुआती २५ मिनेट भित्रै २–० ले पछि परेको मालोर्काका लागि ३४औं मिनेटमा साल्भा सेभियाले एक गोल फर्काएका थिए।

यससँगै खेलको पहिलो हाफ २–१ को नतिजामा टुङ्गिएको थियो। दोस्रो हाफमा दुवै तर्फबाट निरन्तर प्रयास भए पनि गोल हुननसक्दा नतिजा लेभान्टको पक्षमा पर्‍यो।

प्रतिक्रिया दिनुहोस्