पोग्बा र एन्डोम्बेलेलाई कोरोना
<p>एजेन्सी। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा र टोटेनह्यामका टड्गे एन्डोम्बेलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p>
<p>संक्रमण पुष्टि भएपछि पोग्बा र एन्डोम्बेलेलाई अर्को महिना हुने नेसन्स लिगका लागि तयार फ्रान्सेली राष्ट्रिय टोलीबाट हटाइएको छ।</p>
<p>युनाइटे८का २७ वर्षे स्टार पोग्बाको ठाउँ नेसन्स लिगमा तत्कालका लागि इडवार्डो कामाभिङ्गाले लिनेछन्। यसैगरी उनीहरूले इङ्लिस प्रिमियर लिग अन्तर्गत सिजनका सुरुआती केही खेल गुमाउन सक्ने छन्।</p>
<p>१४ दिन अनिवार्य सेल्फ आइसोलेनसमा बस्नु पर्ने भएकाले पोग्बा अर्को हप्ताबाट सुरु हुने युनाइटेडको प्रि-सिजन तयारीमा अनुपस्थित रहने डेली मेलले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
