जसोन रोएले पाकिस्तानविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने
काठमाडौं। इङ्ल्यान्डका ब्याट्सम्यान जसोन रोएले चोटका कारण पाकिस्तानकाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला गुमाउने भएका छन्।

३० वर्षे रोए गत शुक्रबार ओल्ट ट्राफोर्डमा अभ्यासका क्रममा घाइते भएका थिए। उनको ढाडमा चोट लागेको हो। उनको बुधबार स्क्यान गरिएको थियो। जसअनुसार उनी अझै केही समय मैदानबाहिर रहने पक्का भएको हो।

इङ्ल्यान्डले पाकिस्तानविरुद्ध तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ। पाकिस्तानविरुद्ध खेलेपछि इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध पनि तीन ट्वान्टी-२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ।

रोएले ९० एकदिवसीय अन्तर्राष्ट्रियमा नौ शतक र १८ अर्धशतक बनाइसकेका छन्। त्यस्तै उनले ३५ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पाँच अर्धशतक बनाएका छन्। तथापी उनी पछिल्लो समय रनका लागि संघर्ष गरिरहेका थिए।

आयरल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय शृंखलामा रोए पहिलो खेलमा पहिलो बलमै आउट भएका थिए। त्यसका खेलमा उनले २४ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्