काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गरिएको घटनाका दोषीमाथि कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ।
चन्द्रकलामाथि सोमबार राति जातीय गालीगलौज गर्दै कुटपिट भएको थियो। चन्द्रकलाको झापास्थित बी एण्ड सी मेडिकल कलेजमा उपचार भइरहेको छ। राखेपले यस्ता मानवता विरोधी कार्यले प्रचलित कानून एवं राज्यलाई चुनौती दिन खोजिएको जनाएको छ।
“संविधानद्वारा प्रदान गरिएको नैसर्गिक नागरिक हक अधिकार पूर्ण रूपमा प्राप्त गर्न नपाएको अनुभुति हुने खालका यस्ता जघन्य एवं मानवता विरोधी कार्य हुनु प्रचलित कानून एवं राज्यलाई नै चुनौती दिन खोजिएको महसुस हुन्छ,” राखेपका उपाध्यक्ष शिव कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
पीडित चन्द्रकलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राखेपको विज्ञप्तिमा भनिएको छ, “संविधानप्रदत्त नागरिक हक अधिकार एवं राज्यलाई समेत चुनौती दिनेगरी भएको पाशविक र अमानवीय घटनाका दोषीमाथि कानूनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकायको गम्भीरर ध्यानाकर्षण हुन जरुरी छ।”
कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरि आवश्यक कारबाही थालिएको झापा प्रहरीले जनाएको छ। चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक जितेकी थिइन्।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गरिएको घटनाका दोषीमाथि कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ।चन्द्रकलामाथि सोमबार राति जातीय गालीगलौज गर्दै कुटपिट भएको थियो। चन्द्रकलाको झापास्थित बी एण्ड सी मेडिकल कलेजमा उपचार भइरहेको छ। राखेपले यस्ता मानवता विरोधी कार्यले प्रचलित कानून एवं राज्यलाई चुनौती दिन खोजिएको जनाएको छ।

">