यू-१९ महिला क्रिकेट: नेपालले चीनलाई ८ विकेटले हरायाे

काठमाडौं। चीनमा भइरहेकाे बि एण्ड आर कप यू-१९ महिला क्रिकेटमा नेपालले पहिलाे जित हात पारेकाे छ।

२७ कात्तिकमा भएकाे खेलमा नेपालले चीनलाई ८ विकेटले पराजित गरेकाे हाे।

नेपालले ३८ रनकाे लक्ष्य ६ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गरेकाे हाे।

नेपालका लागि कविता कुँवरले ११ रन बनाइन् भने लक्ष्मी साउदले नटआउट ९ रन जाेडिन्।

त्यसअघि नेपालले घातक बलिङ गर्दा घरेलु टाेली चीन १० ओभरमै ३७ रनमा अलआउट भएकाे थियाे।

चीनले ब्याट्सवुमनबाट १८ रन जाेड्दा १९ रन अतिरिक्तबाट पाएकाे थियाे।

चीनलाई अलआउट टार्न नेपालका लागि ईश्वरी विष्टले ३ तथा कविता कुँवर र खुशी डंगाेलले २-२ विकेट लिए।

नेपालले अब तेस्राे खेल म्यानमारसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्