काठमाडौं। दर्जनौं उपाधि, सयौं गोल, अनगिन्ति कीर्तिमानपछि बार्सिलोनामा लियोनल मेसीको करिअर अचानक अन्त्य हुन लागेको छ।
सम्भवत क्लबसँग मेसीको सम्बन्धविच्छेद कुरुप पनि हुनसक्छ।
बार्सिलोनामा झन्डै दुई दशक विताएका मेसीले मंगलबार फ्याक्समार्फत क्लब छाड्न चाहेको स्पष्ट पारेका छन्। बार्सिलोनाले गत सिजन उपाधिविहीन बनेको थियो। पछिल्लो खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेको थियो।
बार्सिलोनाले मेसीले क्लब छाड्ने इच्छा व्यक्त गरेर पत्र पठाएको कुरालाई स्वीकार गरेको छ। तथापी क्लबले कानूनी लडाईंतर्फ जानसक्ने संकेत दिएको छ। क्लबले स्वत: रूपमा मेसीको इच्छा पूरा नहुने जनाएको छ। साथै क्लबले मेसीलाई फुटबल करिअर बार्सिलोनामै अन्त्य गर्न पनि भनेको छ।
त्यसकारण अब विवाद क्लबसँग मेसीमा सम्झैताबारे हुन थालेको छ। मेसीले सम्झौता पत्रमा सिजनको अन्त्यसँगै ‘फ्री टान्सफर’मा क्लब छाड्न पाउने बुदाँलाई उल्लेख गरेको बार्सिलोनाले जनाएको छ। तथापी बार्सिलोनाले उक्त सम्झौता गत जुनमा समाप्त भएकाले कानूनी सल्लाह भइरहेको बताएको छ। मेसीको सम्झौतामा अर्को बुँदा पनि उल्लेख छ। जसमा ७० करोड यूरो ‘बाइआउट क्लज’ रहेको जनाइएको छ।
स्पेनमा समान्यत मेमा सिजन अन्त्य हुन्छ। तर कोभिड-१९ का कारण गत सिजन पछाडिसम्म धकेलिएको थियो।
‘फ्री ट्रान्सफर’ मा मेसीले क्लब छाडे भने उनलाई अनुबन्ध गर्न क्लबको कमी भने हुनेछैन। तथापी मेसीको गन्तव्य धनी क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर सिटी हुन सक्छ।
बार्सिलोनामा छँदा ३३ मेसीले कीर्तिमानी ६ पटक बालोन डी'अरको अवार्ड जितेका छन्। मेसीको प्रेरणामा बार्सिलोनाले १० स्पेनिस ला लिगाको उपाधि जितेको छ भने चार पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नसँग लज्जास्पद हार बेहोरेको ११ दिनपछि मेसीले क्लब छाड्न चाहेको घोषणा गरेका थिए। उक्त हार उनको करिअरकै फराकिलो हार थियो।
मेसीले यसअघि पनि क्लबसँग असन्तुष्टि जनाउदै आएका थिए। उनले क्लब व्यवस्थापनसँग निरन्तर रूपमा असन्तुष्टि पोख्दै आएका थिए। मेसीले चर्को आलोचना गरेका खेलकुद निर्देशक इरिक अबिडलले भने गत साता नै क्लब छाडिसकेका छन्।
बायर्नसँग पराजित भएपछि मेसीले कुनै प्रतिक्रिया दिएका थिएनन्। तथापी त्यसअघि नै क्लबमा उनको भविष्यबारे विभिन्न अड्कलबाजी गरिएको थियो। पोर्चुगलबाट फर्किदा बार्सिलोनाका क्रुद्ध समर्थकले अभ्यास मैदानमा जम्मा भएर टीमको चर्को आलोचना गरेका थिए।
क्लबका अध्यक्ष जोसेप बार्टोमेउले मेसीले बार्सिलोनाबाटै करिअरको अन्त्य गर्ने विश्वास व्यक्त गर्दै आएका छन्। उनले बर्खास्त गरेको प्रशिक्षक क्विक सेटिनको स्थानमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेका थिए।
नवनियुक्त प्रशिक्षक कोम्यानले गत साता मेसीसँग छलफल गरेको बताइएको छ। मेसीले प्रशिक्षक कोम्यानलाई आफू क्लबमा नरहने बताएको समाचार बाहिर आएको थियो।
कोम्यानले यसअघि नै लुइस स्वारेज, अर्टुरो भिडाल, सामुयल उम्टिटी र इभान राकेटिच आफ्नो योजनामा नरहेको बताइसकेका छन्।
मेसीको पत्रसँगै बार्सिलोनाको आपतकालीन बोर्ड बैठक बोलाइएको छ।
मेसी किशोरावस्थामै २००१ मा बार्सिलोनाको युथ एकेडेमी ला मासियासँग अनुबन्ध भएका थिए। मेसीले २००६ मा १६ वर्षको उमेरमा पहिलो टीममा डेब्यू गरेका थिए। त्यसयता उनले बार्सिलोनाबाट ३४ उपाधि जितिसकेका छन्।
उनले क्लबमा थुप्रै व्यक्तिगत कीर्तिमान बनाएका छन्। ७३१ खेलमा मेसीले ६३४ गोल गरेका छन् भने २७६ गोलमा अवसर सिर्जना गरिदिएका छन्।
" /> काठमाडौं। दर्जनौं उपाधि, सयौं गोल, अनगिन्ति कीर्तिमानपछि बार्सिलोनामा लियोनल मेसीको करिअर अचानक अन्त्य हुन लागेको छ।सम्भवत क्लबसँग मेसीको सम्बन्धविच्छेद कुरुप पनि हुनसक्छ।

">