मैत्रीपूर्ण खेलमा शेफिल्ड विजयी <p>एजेन्सी। बिली सार्पको निर्णायक गोलप्रेरित शेफिल्ड युनाइटेडले मैत्रीपूर्ण खेलमा स्कटल्यान्डको डन्डी युनाइटेडलाई १-० को नजितामा पराजित गरेको छ।</p> <p>डन्डीको घरेलु मैदानमा भएको खेलेको पहिलो हाफमा शेफिल्डले १-० को अग्रता लिएको थियो। सार्पले ४३औं मिनेटमा गोल गर्दै भ्रमणकारी शेफिल्डलाई अग्रता दिलाएका थिए।</p> <p>दोस्रो हाफमा दुवैतर्फबाट प्रयास भए पनि गोल हुन नसक्दा नतिजा शेफिल्डको पक्षमा टुङ्गिएको हो।</p> <p>शेफिल्डले सेप्टेम्बर १५ मा वुल्भ्सँग खेल्दै इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्