लिभरपुलको बराबरीमा ब्रेउस्टरको दुई गोल
<p>एजेन्सी। रिहान ब्रेउस्टरले दोस्रो हाफमा दुई गोल फर्काएसँगै लिभरपुल मैत्रीपूर्ण खेलमा साल्जबर्गसँग हारबाट जोगिएको छ।</p>
<p>अमेरिकाको न्यूजर्सीस्थित रेडबुल एरिनामा भएको खेलको पहिलो हाफमा २-० ले पछाडि परेको लिभरपुलका लागि ब्रेउस्टरले दोस्रो हाफमा दुई गोल फर्काए।</p>
<p>तेस्रो मिनेटमै प्याटसन डाकाले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए। त्यसको दश मिनेट नबित्दै डाकाले पुनः गोल गर्दै साल्जबर्गको अग्रता दोब्बर पारेका थिए।</p>
<p>साविक विजेता लिभरपुलले सेप्टेम्बर १२ मा लिड्स युनाइटेडसँग खेल्दै इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्
