सेबास्टियन हेलरको ह्याट्रिकमा वेस्टह्याम युनाइटेड विजयी

काठमाडौं। सेबास्टियन हेलरको ह्याट्रिकप्रेरित वेस्टह्याम युनाइटेडले आज भएको मैत्रीपूर्ण खेलमा इप्सविच टाउनलाई ४-१ को नतिजामा पराजित गरेको छ।

टाउनको घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा हेलरले गरेको गोलसँगै पहिलो हाफमा वेस्टह्यामले १-० को अग्रता लिएको थियो।

दोस्रो हाफमा थप आक्रमक बनेको वेस्टह्यामले तीन गोल थप्दा एक गोल खायो। खेलको ६०औं मिनेटमा वेस्ट ह्यामको अग्रता दोब्बर बनाएका हेलरले त्यसको चार मिनेट नबित्दै ह्याट्रिक पूरा गरेका थिए।

तर, त्यसअघि नै ६२औं मिनेटमा टाउनका फ्रेडी सियर्सले एक गोल फर्काएका थिए भने वेस्टह्यामका थोमस सोचकले ६३औं मिनेटमा एक गोल गरेका थिए।

वेस्टह्यामले सेप्टेम्बर १२ मा न्युक्यासलसँग खेल्दै इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्