मैत्रीपूर्ण खेलमा न्युक्यासल विजयी
एजेन्सी। नयाँ सिजनको तयारीमा रहेको न्युक्यासल युनाइटेडले आज भएको मैत्रीपूर्ण खेलमा क्रिउ अलेक्जान्ड्रालाई ३-० गोलको नतिजामा पराजित गरेको छ।
चेक गणतन्त्रको स्ट्राहोभ रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एन्डी क्यारोल, क्रिस्टियन आट्सु र फेडेरिको फर्नान्डेजले एक/एक गोल गरे।
न्युक्यासलले खेलको ३९औं मिनेटमा क्यारोलले गरेको गोलबाट पहिलो हाफमा १-० को अग्रता लिएको थियो।
दोस्रो हाफमा पनि अलेक्जान्ड्रामाथि हाबी बनेको न्युक्यासलका लागि ४७औं मिनेटमा आट्सुले दोस्रो गोल गरे।
न्युक्यासलले सेप्टेम्बर १२ मा वेस्टह्यामसँग खेल्दै इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुआत गर्नेछ।
प्रतिक्रिया दिनुहोस्